• Trending:

सुनको मूल्य ४०० रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ४०० रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Economist Nepal

Sun, Mangsir 18 2079

सुनको मूल्य ४०० रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.