• Trending:

आयल निगम २७ अर्ब घाटामा, पेट्रोलियम पदार्थको मूल्य नघट्ने

आयल निगम २७ अर्ब घाटामा, पेट्रोलियम पदार्थको मूल्य नघट्ने

Economist Nepal

Sun, Mangsir 18 2079

आयल निगम २७ अर्ब घाटामा, पेट्रोलियम पदार्थको मूल्य नघट्ने

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने भएको छ । बिहीबार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले प्रेस विज्ञप्तिमार्फत मूल्य नघटाउने जनाएको हो ।

विज्ञप्तिमा निगम अहिले पनि २७ अर्ब घाटामा रहेकाले मूल्य घटाउन नसकिने उल्लेख गरेको छ । निगमले विज्ञप्तिमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुन: घटबढ हुने क्रममा रहेकाले पेट्रोलियम पदार्थको आपूर्ति सुचारू राख्न र इन्डियन आयल कर्पोरेशनको बाँकी बक्यैता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनैतीपूर्ण अवस्था रहेकाले मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

एलपी ग्यासमा प्रतिसिलिण्डर ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर दुई सय ७७.०२ घाटा भइरहेको छ ।

ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड नाफा हुने निगमले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.