• Trending:

प्रदेश राजधानी सार्ने काम रोक्न एमाले रुपन्देहीको माग

प्रदेश राजधानी सार्ने काम रोक्न एमाले रुपन्देहीको माग

Economist Nepal

Sun, Mangsir 18 2079

प्रदेश राजधानी सार्ने काम रोक्न एमाले रुपन्देहीको माग

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट सार्ने प्रदेश सरकारको निर्णय तत्काल रोक्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले सस्तो लोकप्रियताको लागि मन्त्रालय सार्न गरेको हतारो तत्काल रोक्न भनेको छ ।

राजधानी तोकिएको स्थानमा कुनै भौतिक पुर्वाधार नभएको भन्दै जवरजस्ती लैजान खोज्नु गलत कदम भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै बुटवलबाट हतारमा राजधानी सार्ने काम प्रदेश सरकारको निर्णय र सक्रियता प्रति पनि नेकपा एमाले रुपन्देहीको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

तत्कालको लोकप्रियताको लागि उत्त कार्य गरेको भन्दै रुपन्देही एमालेले नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा हस्तक्षेप नर्गन विज्ञप्तीमा जोडदार माग गरेको छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.