• Trending:

पुलबाट ट्रक खस्यो, एक जनाको मृत्यु

पुलबाट ट्रक खस्यो, एक जनाको मृत्यु

Economist Nepal

Tue, Mangsir 20 2079

पुलबाट ट्रक खस्यो, एक जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.