
काठमाडौं । चर्चित टिभी शो ‘इमली’मा शिवानी राणाको भूमिका निभाएकी अभिनेत्री हेतल यादव दुर्घटनामा परेकी छन् ।
आइतबार राति सुटिङ सकेर घर फर्कंने क्रममा यादव सवार कार दुर्घटनामा परेको हो ।
उनी सवार कारलाई ट्रकले पछाडिबाट ठक्कर दिएको बताइएको छ । ट्रकले ठक्कर दिए पनि नायिका यादव भने जोगिएकी छन् ।
अभिनेत्री यादवले एक अन्तर्वार्तामा राजमार्ग प्रवेश गरेलगत्तै एक ट्रकले आफू सवार कारलाई ठक्कर दिएको बताएकी छन् ।
Comments
Related News