• Trending:

सानिमा बैंकको मोबाइल बैंकिङ योजना, १८ जना जोडीले सौराहा भ्रमण गर्ने अवसर

सानिमा बैंकको मोबाइल बैंकिङ योजना, १८ जना जोडीले सौराहा भ्रमण गर्ने अवसर

Economist Nepal

Tue, Mangsir 20 2079

सानिमा बैंकको मोबाइल बैंकिङ योजना, १८ जना जोडीले सौराहा भ्रमण गर्ने अवसर

काठमाडाैं । सानिमा बैंकले २०७९ मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले F1 Soft संग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरु २०० रूपैयाँभन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ । ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् । यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङमार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.