• Trending:

अर्थतन्त्रकाे समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्रीकाे आश्वासन

अर्थतन्त्रकाे समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्रीकाे आश्वासन

Economist Nepal

Tue, Mangsir 20 2079

अर्थतन्त्रकाे समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्रीकाे आश्वासन

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरी समाधानको उपाय निकाल्ने बताए ।

अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासङ्घका तर्फबाट अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले यस विषयमा निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानका लागि नेतृत्व लिने प्रतिबद्धता जनाएका थिए ।

महासङ्घ प्रतिनिधिमण्डलले यसअघि आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो ।

यस्तै प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग पनि भेट गरी सो विषयमा ध्यानाकर्षण गराइसकेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.