
तेहरान। इरानको मध्य इरानी प्रान्त मर्काजीमा विदेशबाट नेतृत्व गरेको ‘सबोटेज नेटवर्क’ का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ।
गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र प्रान्तमा तोडफोड गर्ने कार्यू गर्ने योजना बनाएको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको अर्ध(सरकारी तस्निम समाचार एजेन्सीले आईआरजीसीको जनसम्पर्क कार्यालयको विज्ञप्ति उद्धृत गर्दै उल्लेख गरेको छ।
गुप्तचर संस्थाले जर्मनी र नेदरल्याण्डमा आधारित प्रतिक्रान्तिकारी तत्त्वहरूू को नेतृत्वमा रहेका यी मानिसहरूलाई तोडफोड र हुलहुज्जतमा संलग्न हुनु अगाडि नै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूले राष्ट्रिय सुरक्षा विरुद्धको गतिविधि पनि गरेको पाइएको छ ।
Comments
Related News