• Trending:

‘नाडा आन्दोलनको मूख्य एजेण्डा बैंक ब्याजदरसम्बन्धी हो, आयात खुलेपनि आन्दोलन जारी रहन्छ’

‘नाडा आन्दोलनको मूख्य एजेण्डा बैंक ब्याजदरसम्बन्धी हो, आयात खुलेपनि आन्दोलन जारी रहन्छ’

Economist Nepal

Wed, Mangsir 21 2079

‘नाडा आन्दोलनको मूख्य एजेण्डा बैंक ब्याजदरसम्बन्धी हो, आयात खुलेपनि आन्दोलन जारी रहन्छ’

काठमाडाैं । सरकारले आगमी पुसदेखि लागू हुने गरी आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । निजी प्रयोजनका गाडी, स्माटफोन, रक्सी  र मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध फुकुवा  हुने भएको हो ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका  अध्यक्ष ध्रुव थापाले गाडी आयात खुल्दैमा स्थिति सहज नहुने बताएका छन् । बैंकको चर्के ब्याजदर र तरलता अभावको कारण बैंक फाइनान्स हुने अवस्था नभएकाले बैंकिङ सहजीकरण हुनुर्ने उनले धारणा राखे । उनले भने, ‘गाडी आयात खुल्दैमा जोखिमभार घट्दैन, बैंकले जोखिमभार १५० बाट १७५ पु-याएको छ, यसले बैंक फाइनान्स हुने अवस्था छैन ।’  उनले थपे, बैंक ब्याजदर, चालु पुँजी नगद माजिर्नतिर हाम्रो मूख्य एजेण्डा भएकाले आन्दोलन जारी रहने छ ।’

सरकारले गएको वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये ६ वस्तुको यसभन्दा अघि नै प्रतिबन्ध खुलिसकेको छ ।

उच्च आयात, विदेशी मुद्रा सञ्चितीमा दवाव परेको भन्दै आयात रोकेको थियो । राष्ट्र बैंकको पछिल्लो तथ्यांअनुसार विदेशी मुद्रा सञ्चिती, शोधान्तर स्थितिमा सुधार देखिएको र आयात पनि घटेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको बताइएको छ ।

गाडी, मोबाइल र रक्सीमाथि लागेको प्रतिबन्ध खुला गर्ने सरकारी निर्णय

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.