
काठमाडाैं । महाकाली नदीमा भारतले निर्माण गर्दै गरेको तटबन्धन निर्माणको काम रोकेको छ ।
नदीको बहाव नेपालतिर धकेलेर संरचना निर्माण गरेको भन्दै स्थानीयवासी निरन्तर आक्रोशित भएपछि तत्काललाई काम रोकिएको हो ।
दार्चुलाको खलंगा बजार बनाउने गरी महाकालीको बहाव नेपालतर्फ धकेलिएको देखिएपछि दुबै देशका अधिकारीको छलफलमा भारतीय पक्षले अहिले संरचना निर्माणको काम रोकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बताए ।
उपाध्यायका अनुसार आज भारतिय पक्षले यस विषयमा बैठक बस्ने भएको छ ।
Comments
Related News