काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी रिह हुने हल्लाले उनका समर्थकहरु डिल्लीबजार कारागार पुगेका छन् ।
चौधरीलाई स्वागत गर्न भन्दै कार्यकर्ताहरु झण्डा र फुलमाला सहित कारागार अगाडि बसेका छन् ।
आइतबार बसेको मन्त्रीपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संसोधन गर्ने निर्णय गरेको हाे।
सरकारले अध्यादेश पारित गर्ने निर्णय गरेसँगै चौधरी छुट्ने हल्ला चलेको हो ।
सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फि विरोध भइरहेको छ । यदि राष्ट्रपतिले यो अध्यादेशलाई हुवहु पारित गरेको खण्डमा चौधरी छुट्नेछन् ।
२०७२ सालमा कैलालीको टीकापुरमा थारुहटले गरेको आन्दोलनमा ८ जनाको मृत्यु भएको थियो । सोही घटनाको हत्यामा संलग्न भएको दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ अहिले भुक्तान गरिरहेका छन् ।