• Trending:

रेडियोग्राफर नहुँदा एक्स-रे सेवा बन्द

रेडियोग्राफर नहुँदा एक्स-रे सेवा बन्द

Economist Nepal

Mon, Mangsir 26 2079

रेडियोग्राफर नहुँदा एक्स-रे सेवा बन्द

खोटाङ  । एक्स–रे सेवा बन्द हुँदा अस्पताल एक्स-रे गर्न पुगेका विरामीहरु मारमा परेका छन् । जिल्ला अस्पताल खोटाङको रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफर अस्पतालमा नभएपछि अस्पतालको एक्स–रे सेवा बन्द भएको हो ।

दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारकाे सिलसिलामा भारत गएकाे र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो ।

वैकल्पिक व्यवस्थाका लागि रेडियोग्राफरलाई बोलाए पनि एक्स–रे मेशिन चलाउन नजानेका कारण सेवा बन्द भएकाे जिल्ला अस्पतालका निमित्त प्रमुख डा.चतुरानन्द यादवले बताए ।

मंसीर २५ देखी २९ गतेसम्मका लागि जिल्ला अस्पताल खोटाङमा एक्स रे सेवा बन्द गरिएको हो ।अहिले एक्स-रे मेशिन बन्द भएपछि बिरामी अन्यत्र जान बाध्य भएका छन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.