काठमाडाैं । न्युन गुणस्तरको औषधि पाइएको भन्दै औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधि बिक्रि वितरणमा रोक लगाएको छ ।
गोर्खा आयुर्वेद प्रालिद्धारा उत्पादित अभिपत्तिकर चुर्ण ब्याच नम्बर २४ र भाष्कर हर्वालस्युटिकल्स प्रालिद्धारा उत्पादित निर्मल चूर्ण ब्याच नम्बर ९००१ लाई बिक्री वितरणमा रोक लगाइएको हो ।
बजारमा रहेका त्यस्ता औषधी तुरुन्त फिर्ता पठाउन र बिक्रि वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।
Comments
Related News