• Trending:

इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट

इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट

Economist Nepal

Tue, Mangsir 27 2079

इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट

काठमाडाैं । इलाम प्रतिनिधि सभा सदस्य तर्फ क्षेत्र न.१ काे निर्वाचन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा आज रिट दायर गरेका हुन ।

निर्वाचनमा धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै आज अदालतमा खनालले रिट दायर गरेका हुन । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी  पुन मतदान हुनुपर्ने खनालको माग छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि सङ्घीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् ।

इलामा १ मा एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार ६ सय ६४ मत बढी ल्याएर निर्वाचित भएका थिए । बस्नेतले २५ हजार ७ सय ७३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.