• Trending:

मलेसियामा पहिरो, २ को मृत्यु, ५० बढी मानिस फसेको आशंका

मलेसियामा पहिरो, २ को मृत्यु, ५० बढी मानिस फसेको आशंका

Economist Nepal

Fri, Push 1 2079

मलेसियामा पहिरो, २ को मृत्यु, ५० बढी मानिस फसेको आशंका

काठमाडौं (एजेन्सी) । मलेसियामा शुक्रबार बिहान पहिरो गएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० बढी फसेको आशंका गरिएको छ ।

रिपोर्टका अनुसार, क्वालालम्पुरको बाहिरी भागमा रहेको सेलान्गोर राज्यमा पहिरो गएको हो।

समाचार एजेन्सीले दमकल तथा उद्धार विभागलाई उद्धृत गर्दै पहिरोमा परी तीन जना घाइते भएको र ५० भन्दा बढी बेपत्ता भएको जनाएको छ । दमकल विभागका निर्देशक नोराजाम खामिसले हालसम्म ३१ जनाको उद्धार गरिएको बताए । शिविर क्षेत्रभन्दा करिब ३० मिटर उचाइबाट पहिरो गएको हो । यसबाट करिब एक एकड क्षेत्रफल प्रभावित भएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.