• Trending:

प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि जरिबाना

प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि जरिबाना

Economist Nepal

Fri, Push 1 2079

प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि जरिबाना

काठमाडाैं । प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । वातावरण विभागले प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई जरिबाना गर्ने निर्णय आजदेखि कार्यान्वयन गर्ने भएको हो ।

यसबारेको सूचना विभागले गत मङ्सिर २२ गते नै सार्वजनिक गरेको थियो ।

छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिबाना गरिने वातावरण विभागका महानिर्देशक नवराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्ड भन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाही गर्न लागेको हो । वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना हुने र गाडी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ ।

वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न विभागले अनुरोध गरेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.