• Trending:

राजनीतिक पष्ठभुमि भन्दा बाहिरका व्यक्ति राष्ट्रपति मान्य नहुने : महासचिव देव गुरुङ

राजनीतिक पष्ठभुमि भन्दा बाहिरका व्यक्ति राष्ट्रपति मान्य नहुने : महासचिव देव गुरुङ

Economist Nepal

Fri, Push 1 2079

राजनीतिक पष्ठभुमि भन्दा बाहिरका व्यक्ति राष्ट्रपति मान्य नहुने : महासचिव देव गुरुङ

काठमाडाैं । राजनीतिक पृष्ठभूमि भन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे सोच्न पनि नसकिने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् ।

देशमा वैदेशिक हस्तक्षेप बढेको बेला राजनीतिक पृष्ठभुमि भन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङले बताएका छन् ।

आज राजधानीमा आयोजीत संवाद डबलीमा आफ्ना कुरा राख्दै गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा राजनीतिक प्रणालि भन्दा बाहिरको भन्दै त्यो तर्क मान्य नहुने कुरामा जोड दिए ।

अब बन्ने सरकारको नेतृत्व आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा हुने दाबी गर्दै महासचीव गुरुङले माओवादीको विचारले मुलुकलाई नेतृत्व गरेको हुनाले दाहाल नेतृत्वमा सरकार बन्नु स्वभाविक हुने दावी गरे ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.