• Trending:

लोकसेवा आयोगका वैकल्पिक इन्जिनीयरलाई विराटनगर महानगरपालिकाले करारमा राख्ने

लोकसेवा आयोगका वैकल्पिक इन्जिनीयरलाई विराटनगर महानगरपालिकाले करारमा राख्ने

Economist Nepal

Sat, Push 2 2079

लोकसेवा आयोगका वैकल्पिक इन्जिनीयरलाई विराटनगर महानगरपालिकाले करारमा राख्ने

काठमाडाैं । वैकल्पिक सुचीमा रहेका ईन्जिनीयर तथा सव ईन्जिनीयरलाई विराटनगर महानरपालिकाले करार सेवामा राख्ने भएको छ ।

महानगरद्धारा सम्पादन हुने पुर्वाधार विकास सम्बन्धी कार्यका लागि सेवा करारमा रहेका सिभिल ईन्जिनीयर र सब इन्जिनीयर व्यवस्थापन गर्नु पर्ने भएकाले २०७८।०७९ देखी हालसम्म लोकसेवा आयोग काठमाडौँ र धनकुटा तथा इलाम कार्यालय एवम् प्रदेश लोकसेवा आयोग, प्रदेश न.१ विराटनगरबाट बैकल्पिक तथा अस्थाइ योग्यताक्रममा सिफारिस भएका उम्मेदवारहरुलाई ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्न महानगरले सुचना जारी गरेको छ ।

त्यस्ता उम्मेदवारले निवेदन, प्रवेश पत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नेपाल इन्जिनीयरिङ परिषद् दर्ता प्रमाणपत्रको प्रतिलिपि र वैकल्पिक तथा अस्थायी योग्यताक्रममा सिफारिस भएको विवरण लिएर कार्यालयमा उपस्थित हुन कार्यालयले भनेको छ ।

यस अघि काठमाडौं महानगरपालिकाले पनि वैकल्पिक सुचीमा रहेका ईन्जिनीयर तथा सव ईन्जिनीयरलाई राख्ने सुचना जारी गरेको थियो  उक्त कार्यको चौतर्फि रुपमा प्रशंसा भएको थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.