काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएका योग्य आवेदकमध्ये ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
आईपीओमा आवेदन दिएकामध्ये १५ हजार ४० जनाको आवेदन रद्द भएको छ । ११ लाख ९१ हजार २८४ जना गोलाप्रथामा सहभागी भएका थिए । त्यसबाट ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी आवेदकको हात खाली भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
आईपीओमा नतिजा एनआइबीएल एस क्यापिटलको वेबसाइट, बाराही हाइड्रोपावरको वेबसाइट, मेरो सेयर र सीडीएससीले आर्इपीओ नतिजा हेर्न बनाएको वेवसाइटबाट थाहा पाउन सकिने छ ।
Comments
Related News