काठमाडाैं । हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट प्रहरीले एक जना महामहन्तलाई पक्राउ गरेको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीकाे मटिहानी मन्दिरका महामहन्त जनगरनाथ दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महामहन्तमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप रहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज विहानै पक्राउ गरी महामहन्तलाई रुपन्देही पठाइसकेको छ ।
Comments
Related News