काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दलको नेतामा माधमकुमार नेपाल चयन भएका छन् । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको संसदीय दलको बैठकले नेता चयन गरेको हो । यसैगरी संसद दलको उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन् ।
मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत समाजवादीले १० सिट जितेको थियो । बैठकले प्रमुख सचेतक र सचेतक चयन नगरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा नवनिर्वाचित सांसद्हरूलाइ बधाइ दिएका थिए । त्यस्तै बैठकले वर्तमान गठबन्धनको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेकत्र छ ।
Comments
Related News