• Trending:

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन अमेरिकी राजदूतमा नियुक्त

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन अमेरिकी राजदूतमा नियुक्त

Economist Nepal

Tue, Push 5 2079

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन अमेरिकी राजदूतमा नियुक्त

काठमाडौं । ठूलो जिम्मेवारी सम्हालेका व्यक्तिले सानो जिम्मेवारी लिन नहुने नेपाली मानसिकता छ । कथंकदाचित कसैले यस्तो उदारता देखाएमा त्यस्ता व्यक्तिलाई हियाउने हाम्रो प्रचलन छ ।
तर परदेशको परम्परा भने फरक छ । त्यहाँ राज्यको उच्च ओहदामा पुगिसकेका व्यक्ति पनि सामान्यस्तरको जिम्मेवारी विनाहिच्किचावट ग्रहण गर्छन् ।

यसकै पछिल्लो उदाहरण बनेका छन्, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड । उनलाई त्यहाँको सरकारले अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । हाल कार्यरत राजदूतको
कार्यकाल सकिनुअघि नै अस्ट्रेलिया सरकारले पूर्वप्रधानमन्त्री केभिन रुडलाई नियुक्त गरेको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले केभिनसँग अमेरिकाको व्यापक अनुभव र सम्बन्ध रहेकाले जिम्मेवारी दिइएको बताएका छन् ।

केभिनले अस्ट्रेलिया सरकारको निर्णयप्रति प्रसन्नता प्रकट गरेका छन् । उनले ट्विटरमा लेखेका छन्– अस्ट्रेलिया सरकारको निर्णयबाट आफूले सम्मानित भएको महसुस गरेको छु ।’

आर्थर सिनोडिनोसलाई विस्थापित गर्दै उनले सन् २०२३ को सुरुवातबाट सो जिम्मेवारी ग्रहण गर्नेछन् ।

उनी अस्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन् । उनले २७ जुन २०१३ देखि १८ सेप्टेम्बर २०१३ सम्म यो जिम्मेवारी सम्हालेका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.