• Trending:

सिभिल बैंकको लाभांश घोषणा, कति दिँदैछ ?

सिभिल बैंकको लाभांश घोषणा, कति दिँदैछ ?

Economist Nepal

Tue, Push 5 2079

सिभिल बैंकको लाभांश घोषणा, कति दिँदैछ ?

काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । सिभिल बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको (९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रूपयाँ) को ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

बैंकले बोनस शेयर र कर प्रयोजनका लागि पनि ०.२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।  बैंकले हिमालयन बैंकसँग मर्जरको सहमति गरिसकेको छ

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.