काठमाडौं । लामो छलफलपछि नेपाली कांग्रेसले संसदीय दलको नेताको चुनावका लागि सभापति शेरबहादुर देउवाको विरूद्धमा महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने भएको छ ।
काठमाडौंस्थित बसेरा बुटिक हाेटलमा बसेको कांग्रेसको इतरसमूहको बैठकले गगनलाई दलका नेताका रूपमा अघि बढाउन सहमति जुटाएको हो । गगनलाई भावी प्रधानमन्त्रीका रूपमा नेता शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।
भोलि कांग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ । संस्थापन पक्षका उम्मेदवार देउवासँग थापा यसपटक भिड्ने पक्का भएको छ ।
Comments
Related News