• Trending:

ब्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या

ब्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या

Economist Nepal

Sat, Push 9 2079

ब्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या

दाङ । दाङमा ब्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या देखिएको छ । आर्थिक मन्दिको मार खेपिरहेका किसान पालिएका बङ्गुर विक्री नभएपछि ब्यबसायबाटै पलायन हुने अबस्थामा पुगेका छन् ।

विगतमा पालेको बङ्गुर विक्री नहुने समस्या नभएपनि यसपाली बङ्गुरपालन ब्यावसायबाटै बिस्थापित हुने अबस्था आएको बङ्गुर पालक किसान सुसिला गुरुङले बताउनुभयो । पहिले किसानहरूले बङ्गुर पालेर राम्रै आम्दानी गर्ने गरेका थिए । तर अहिले बङ्गुर पालेकै कारण ऋण लागेको छ ।

बङ्गुर पाल्ने किसान धेरै हुँदा पाठापाठीको बिक्री हुन छाडेको छ भने, व्यापारीले मासु लैजान नमाल्दा दानाका रुपमा प्रयोग हुने भुषको खर्च उठाउनै मुस्किल भएको छ । दाङमा करिब १२ सय किसान बङ्गुर पालन ब्यबसायमा छन् ।

उनिहरु सबैको समस्या उस्तै छ । मासुका लागि तयार भएका बङ्गुर विक्री नहुँदा आफुहरु समस्यामा परेको बङ्गुर ब्यबसायी संघ दाङका सचिव तुल्सीराम बुढाले बताए । जिल्लामा माग भन्दा उत्पादन धेरै भएपछि बङ्गुर विक्री हुन छाडेको किसानहरु बताउँछन् ।

बङ्गुर पाल्नका लागि प्रोत्साहन गर्ने सरकारले बजारको खोजीमा भने कुनै काम गरेको छैन । जसले दाङमा करिब ९ करोड मूल्य बराबरको बङ्गुर विक्री गर्न सकिएको छैन ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.