काठमाडाैं । करोडौं रकम हिनामिना गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा निकट युवा संगठनका कार्यकर्ताले जाजरकोटमा एक शिक्षकलाई कालो मोसो दलेका छन् ।
कुशे गाउँपालिका-४ का हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक रणबहादुर शाहीलाई उनीहरुले आज मोसो दलेका हुन ।
प्रधानध्यापक शाहीले बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ सालदेखि २०७९सम्म झन्डै २ करोड २१ लाख रुपैँया हिनामिना गरेको आरोप विप्लवको छ ।
शिक्षण पेशाबाट राजीनामा नदिइ नेपाली कांग्रेस कुशेको गाउँपालिका सचिव बनेर राजनीति गरेको पनि उनिहरुको आरोप छ ।
Comments
Related News