• Trending:

चुनावमा तेस्रो स्थानमा पुगेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त

चुनावमा तेस्रो स्थानमा पुगेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त

Economist Nepal

Sun, Push 10 2079

चुनावमा तेस्रो स्थानमा पुगेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उनी नेतृत्वकाे माओवादी केन्द्र तेस्रो दल बनेको थियो ।

अध्यक्ष प्रचण्डले आज तीनजना स्वतन्त्रसहि एक सय ६९ जना सांसदको समर्थनसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका थिए ।

उनलाई दुई वर्ष सरकारको नेतृत्व गर्नेगरी सात दलले समर्थन जुटाएका हुन् । उनले भोलि नै शीतलनिवास पुगेर राष्ट्रपति सामु शपथ ग्रहण गर्नेछन् ।

यसअघि उनी २०६५ मा साउनदेखि वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री रहीरहेका छन् ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.