• Trending:

३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

Economist Nepal

Tue, Push 12 2079

३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । इलाका प्रहरी बुटवलका प्रहरी नायब उपरीक्षक(डीएसपी) ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि सिफारिस गरेको छ ।

सुन व्यापारीसँग घुस रकम लिएको ओरोप लागेका केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको हो ।

उनले बुटवल उपमहानगरपालिका अन्तर्गतको हाटबजारबाट किसन बि.कको सुन लिएर गएको र उक्त सुन फिर्ता गर्न रकम माग गरेको आरोप छ । बि.कबाट आठ लाख ५० हजार रूपैयाँ नगद र ९ लाख ५० हजार रूपयाँको चेक गरी १८ लाख रूपैयाँ र ३५ तोला सुन लिएका केसीलाई आइतबार राती केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो ।

केसीले आफू सरूवा भइ बुटवलबाट जान लागेको मौकामा उक्त रकम लिइ गैरकानुनी काम गरेको प्रहरी प्रधान कार्यालयको ठहर छ । उनी जिल्ला प्रहरी कास्कीमा सरूवा भएर जाने तयारीमा थिए । केसीलाई प्रहरी नियमावली अनुसार निलम्बनका लागि मन्त्रालयमा पत्राचार भएको हो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.