• Trending:

कोभिड नियन्त्रणका लागि तयारीमा जुट्यो काठमाडौं जिल्ला प्रशासन कार्यालय

कोभिड नियन्त्रणका लागि तयारीमा जुट्यो काठमाडौं जिल्ला प्रशासन कार्यालय

Economist Nepal

Tue, Push 12 2079

कोभिड नियन्त्रणका लागि तयारीमा जुट्यो काठमाडौं जिल्ला प्रशासन कार्यालय

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय कोरोना भाइरस नियन्त्रणका लागि छलफलमा जुटेको छ । पछिल्लो समय गृह मन्त्रालयले बढ्दो कोरोना संक्रमितसँगै सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

सोही निर्देशन र बढ्दो प्रकोपलाई ध्यानमा राखी काठमाडौंमा कोरोना महामारी फैलिनबाट रोक्नका लागि जि.प्र.का पूर्वतयारीका लागि छलफलमा जुटेको हो ।

यसअघि अर्थमन्त्रालयले पनि विश्वका अन्य मुलुकहरूमा कोरोना भाइरस सामान्यीकरण हुँदै गएपछि छिमेकी देश चीन र भारतमा बढ्दै गएकाले यहाँ पनि फैलिन सक्ने हुँदा सुरक्षा सतर्कता आपनाउन भनेको थियो ।

फेरि पनि सार्वजनिक स्थानमा भिडभाड नगर्ने, भौतिक दूरी कायम गर्ने, मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने/गराउने तथा अन्य विविध विषयमा छलफल सुरू भएको छ ।

अर्काेतर्फ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुर भने हाल नेपालमा नयाँ भेरियन्ट नआइसकेको र संक्रमितको संख्यामा पनि वृद्धि नभएको दाबी गर्छन् ।

उनका अनुसार दैनिक हजारजनामा परीक्षण गर्दा एक/दुईजनमा मात्रै संक्रमण देखिएको छ । यद्यपी सतर्कता भने आवश्यक रहेको उनको भनाई छ । ‘हमी हिजो पनि डराउनुपर्ने अवस्था थिएन र आज पनि छैन,’ उनले भने, ‘नेपालमा नयाँ भेरियन्ट आएको छैन । तर, छिमेकी देशमा देखिएको हुँदा हामीले नाकामा कडाइ सुरू गरिसकेका छौं ।’

उनका अनुसार मन्त्रालयले भारततर्फका १४ वटा, चीनतर्फका दुईवटा नाका, दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेस्क’ लाई थप सक्रिय बनाइएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.