• Trending:

भ्रष्टाचार मुद्दामा अदालतले दोषि ठहर गरेपछि एसपी यादव बर्खास्त

भ्रष्टाचार मुद्दामा अदालतले दोषि ठहर गरेपछि एसपी यादव बर्खास्त

Economist Nepal

Tue, Push 12 2079

भ्रष्टाचार मुद्दामा अदालतले दोषि ठहर गरेपछि एसपी यादव बर्खास्त

काठमाडौं । भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको प्रहरी उपरीक्षक(एसपी) रामेश्वर प्रसाद यादव सेवाबाट बर्खास्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत उनलाई विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले गत पुस ५ मा दोषी ठहर गरेको हो ।

मुद्दा परेसँगै निलम्बनमा परेका उनीसहित अर्का हवल्दार ढकबहादुर गुरूङ पनि बर्खास्तमा परेका हुन् । विशेष अदालतले दुवैलाई यस मुद्दामा सफाइ दिएपछि आयोगले सर्वोच्चमा पुनरावेदन दिएको थियो । उनीहरू द्वयलाई ९७ हजार बिगो मागदाबी गर्दै चार महिना जेल सजाय तोकिएको छ ।

यादव प्रहरी नायब उपरीक्षकका रूपमा रूपेन्देहीमा कार्यरत रहँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७१ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको आठ वर्षमा सर्वोच्चले यसको छिनोफानो गरेको हो ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.