काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मन्त्रीका रूपमा पहिलो निर्णय गर्नेवित्तिकै केन्द्रीय सुरक्षा परिषद्को बैठक बोलाएर ‘ब्रिफिङ’ लिएका छन् ।
कार्यभार सम्हालेको भेलिपल्ट उनले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना, गृहमन्त्रालयलयातका उच्च अधिकारीहरूलाई बैठकमा डाकेर सुरक्षासम्बन्धी ब्रिफिङ लिएका हुन् ।
यसअघि उनले सुरक्षा व्यवस्था कार्यविधि २०७७ विपरित खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्रमा फिर्ता हुन निर्देशन दिइसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सोमबार गृहमन्त्रीका रूपमा पदभार ग्रहण गरेका हुन् ।
Comments
Related News