• Trending:

महान् फुटबलर पेलेको निधन – NepalWatch

महान् फुटबलर पेलेको निधन – NepalWatch

Economist Nepal

Fri, Push 15 2079

महान् फुटबलर पेलेको निधन – NepalWatch

काठमाडौं । ब्राजिललाई तीन पटक विश्वकप फुटबलको उपाधि दिलाएका महान् फुटबलर पेलेको निधन भएको छ । लामो समयदेखि अस्पतालमा उपचाररत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

पेले किड्नी तथा मुटुको समस्याले ग्रस्त थिए । साथै उनमा क्यान्सरको समेत संक्रमण भएको थियो । स्वास्थ्य अवस्था खराब बन्दै गएपछि उनी गत २९ नोभेम्बरमा अस्पताल भर्ना भएका थिए ।

तर उनको स्वास्थ्यमा कुनै सुधार आएन । त्यसपछि अस्पतालले आइसियूमा राखेर उपचार गर्यो । आइसियूमा पनि केही सुधार नआएपछि उनलाई विशिष्ट प्रविधियुक्त कक्षमा राखी उपचार गरिएको थियो  ।

पेलेलाई फुटबलका लिजेण्ड मानिन्छ । उनले सन् १९५८, १९६२ र १९७० मा आफ्नो देश ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनले ब्राजिलका निम्ति ९१ अन्तर्राष्ट्रिय खेल खेले जसमा उनले गरेको गोल संख्या ७७ छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.