• Trending:

विक्रम पाण्डेविरुद्ध अख्तियार पुनरावलोकनका लागि सर्वोच्चमा, सांसद पद निलम्बित

विक्रम पाण्डेविरुद्ध अख्तियार पुनरावलोकनका लागि सर्वोच्चमा, सांसद पद निलम्बित

Economist Nepal

Sun, Push 17 2079

विक्रम पाण्डेविरुद्ध अख्तियार पुनरावलोकनका लागि सर्वोच्चमा, सांसद पद निलम्बित

काठमाडौं । चितवन–३ बाट निर्वाचित सांसद तथा निर्माण व्यवसायी विक्रम पाण्डेले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नगरेको विशेष आदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकनका लागि सर्वोच्च गएको छ ।

सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका पाण्डेसहित २१ जनालाई गत ५ असारमा विशेष अदालतले सफाइ दिएको थियो ।

सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दाबीलाई विशेषले अस्वीकार गरेको हो । सोही फैसलाविरुद्ध पुनरावलोकनका लागि अख्तियार सर्वोच्च गएको स्रोतले बताएकाे छ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पाण्डे चितवन–३ बाट निर्वाचित भएका थिए । अदालतमा मुद्दा दायर भएपछि स्वतः पद निलम्बित हुने कानुनी व्यवस्था छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.