• Trending:

छैटौं पटक मतदान हुँदा पनि अमेरिकी संसदले चुन्न सकेन सभामुख

छैटौं पटक मतदान हुँदा पनि अमेरिकी संसदले चुन्न सकेन सभामुख

Economist Nepal

Thu, Push 21 2079

छैटौं पटक मतदान हुँदा पनि अमेरिकी संसदले चुन्न सकेन सभामुख

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बुधबार ६ पटक मतदान भए पनि सभामुख चयन हुन सकेन ।

रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवार छन्। मङ्गलौरदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि उनीहरूले बहुमत ल्याउन सकेनन्।

अमेरिकामा सय वर्षमा पहिलोपटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्ने घटना भएको हो । आज सातौं पटक सभामुख पदका लागि संसदमा मतदान हुँदैछ ।

सन् १९२३ पछि पहिलो पटक सभामुखको निर्वाचन भोटिङमा हुन नसकेपछि यस्तो भएको हो ।

नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो।

तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको छ ।

उनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु विपक्षमा उभिएका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.