• Trending:

चीनदेखि युएन आबद्ध मुलुक यात्रा गर्न नयाँ नियम जारी

चीनदेखि युएन आबद्ध मुलुक यात्रा गर्न नयाँ नियम जारी

Economist Nepal

Thu, Push 21 2079

चीनदेखि युएन आबद्ध मुलुक यात्रा गर्न नयाँ नियम जारी

काठमाडौं । युरोपेली संघले चीनबाट हुने आगमनमाथि नियन्त्रण गर्न सदस्य राष्ट्रलाई सिफारिस  गरेको छ । चीनमा कोरोनाभाइरस संक्रमण बढिरहेका बेला विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले नयाँ निर्देशिका जारी गरेका हुन् ।

युरोपेली संघका बहुमत सदस्य राष्ट्रहरू बुधबार यात्रामा प्रतिबन्ध लगाउने पक्षमा देखिएका थिए । त्यसको भोलिपल्ट पछिल्लो सिफारिस आएको हो ।

निर्देशिकामा चीनबाट प्रस्थान गर्नुअघि कोभिड परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने, आगमनका क्रममा समेत परीक्षण गर्नुपर्ने तथा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, हवाई यात्राका क्रममा प्रयोग भएका पानी पनि परीक्षण गर्न सुझाइएको छ ।

निर्देशिका जारीपछि संघ आबद्ध देशहरूले त्यसको अभ्यास थालेका छन् । जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएको बिबिसीले लेखेको छ ।

सन् २०१९ को अन्त्यमा चीनमा देखिएर विश्वभर फैलिएको कोरोना भाइरसले पुनः यही देशलाई चपेटामा पारेको छ । समाचारहरूमा बताइएअनुसार, बिरामीको चापले अस्पतालहरूमाथि र शवहरूको चापले शवगृहमाथि दबाव परिरहेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.