• Trending:

कार्यदल बैठक बस्दै, मस्यौदा टुंग्याएर बुझाउने तयारी

कार्यदल बैठक बस्दै, मस्यौदा टुंग्याएर बुझाउने तयारी

Economist Nepal

Fri, Push 22 2079

कार्यदल बैठक बस्दै, मस्यौदा टुंग्याएर बुझाउने तयारी

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले आज उच्चस्तरीय संयन्त्रलाई आफ्नो मस्यौदा बुझाउने भएको छ ।

प्रचण्ड नेतृत्वमा सरकार गठनपछि गठबन्धनका सबै दलको स्वामित्व हुने गरी न्यूनतम नीति तथा कार्यक्रम निर्माण गर्न उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन भएको थियो ।

समिति संयोजक पौडेलले शुक्रबार बस्ने कार्यदल बैठकले मस्यौदालाई अन्तिम रूप दिई  उच्चस्तरीय संयन्त्रलाई बुझाउने तयारी गरिएको बताए ।

‘मस्यौदा तयारीको क्रममा छ, शुक्रबार बस्ने बैठकबाट सबै टुंगो लगाएर शीर्ष नेतृत्वलाई बुझाउँछौँ,’ उनले भने ।

मस्यौदालाई बिहीबारै टुंग्याउने तयारी गरिएको थियो । तर माओवादीका तर्फबाट कार्यदलमा रहेका उपमहासचिव वर्षमान पुन अनुपस्थित रहेका कारण शुक्रबार अन्तिम रूप दिएर उच्चस्तरीय राजनीतिक संयन्त्रमा बुझाउने सहमति कार्यदलमा भएको छ ।

कार्यदलले पहिलो चरणमा सबै दलबाट सुझाव संकलन गरेको थियो । सत्तासाझेदार दलहरूबीच सहमति भएका न्यूनतम कार्यक्रम मात्र मस्यौदामा समेटिएका छन् ।

नागरिकको प्रत्यक्ष सरोकार रहेका सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाएर सुशासनको प्रत्याभूति दिलाउने, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने, अर्थतन्त्रको सुधार गर्दै जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर सम्बोधन गर्दै अघि बढ्नेजस्ता विषयमा मस्यौदा समेटिएका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.