• Trending:

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको पुस २५ बाट एकीकृत कारोबार सुरु हुँदै

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको पुस २५ बाट एकीकृत कारोबार सुरु हुँदै

Economist Nepal

Fri, Push 22 2079

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको पुस २५ बाट एकीकृत कारोबार सुरु हुँदै

काडमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूलाई एक आपसमा मर्जर भएर पुस २५ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस १९ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

दुवै एक भएपछि अब ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । यस्तै, मंसिर २३ गते सम्पन्न साधारण सभाले पनि दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।

यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमतिमा तथा कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । सम्झौतमा दुवै बैंक १ः१ अर्थात बराबरी हैसियतमा मर्जमा जाने सम्झौता गरेका थिए । यस्तै, मर्जरपश्चात ग्लोबल आइएमई बीओके बैंकको नाममा एकीकृत कारोबार हुने सम्झौता भएको थयो । तर, राष्ट्र बैंकले यो नाममा सहमति नदिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । यता पुस २५ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २३, २४ र २५ (तीन दिन) गते सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.