• Trending:

गृहमन्त्री रविको मुद्दाको बहस सकियो, आदेश आउँदै

गृहमन्त्री रविको मुद्दाको बहस सकियो, आदेश आउँदै

Economist Nepal

Fri, Push 22 2079

गृहमन्त्री रविको मुद्दाको बहस सकियो, आदेश आउँदै

काठमाडौं । गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारेको सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सकिएको छ ।

शुक्रबार कायममुकायम प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उनीविरूद्ध परेका मुद्दाको सुनुवाइ गरेको हो।

दुबै पक्षका वकिलहरूको बहस सकिएपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुटेका छन्। रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे इजलासले आजै आफ्नो निर्णय सुनाउने छ।

अधिवक्ता युवराज पौडेल र रविराज बसौलाले दायर गरेको रिटमा लामिछाने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरू रमन कर्ण, नानीबाबु खत्री र रविराज बसौलाले बहस गरेका थिए । कानुन व्यवसायीले नेपालको संविधानको धारा ८७ को उपधारा १ मा गरिएको कानुनी प्रबन्धअनुसार नेपाली नागरिक हुनुपर्ने स्पष्ट व्यवस्था भएकाले रवि लामिछाने सांसद बन्न अयोग्य भएको प्रमाण पेश गरेका छन् ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.