• Trending:

६ वर्षीय बालकले प्रहार गरे शिक्षकमाथि गोली, हजार बढी सामाजिक सञ्जाललाई चीनमा अंकुश

६ वर्षीय बालकले प्रहार गरे शिक्षकमाथि गोली, हजार बढी सामाजिक सञ्जाललाई चीनमा अंकुश

Economist Nepal

Sun, Push 24 2079

६ वर्षीय बालकले प्रहार गरे शिक्षकमाथि गोली, हजार बढी सामाजिक सञ्जाललाई चीनमा अंकुश

भारतले तेस्रो टी–२० खेलमा श्रीलंकालाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा भारतले श्रीलंकालाई ९१ रनले पराजित गर्दै सिरिज पोल्टामा पारेको हो ।

शीतयुद्धकी खतरनाक जासूसमध्येकी एक क्युबाकी एना मोटेन्सलाई अमेरिकाले रिहा गरेको छ । सन् २००१ मा २५ वर्षको जेल सजाय सुनाइएकी उनी शनिबार रिहा भएकी हुन् ।

चीनले सरकारको कोभिड नीतिको आलोचना गर्ने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । यसरी प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालको संख्या एक हजारभन्दा बढी रहेको बताइएको छ ।

अमेरिकाको भर्जिनियामा ६ वर्षीय बालकले शिक्षकमाथि गोली प्रहार गरेका छन् । घटनापछि प्रहरीले ती बालकलाई नियन्त्रणमा लिएको छ ।भर्जिनियाको रिचनेक स्कुलमा अध्ययरत बालकले शुक्रबार दिउँसो आफ्नै शिक्षकमाथि गोली प्रहार गरेका हुन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.