• Trending:

बागमती प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्त

Economist Nepal

Mon, Push 25 2079

बागमती प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्त

काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

एमालेसहितको दलहरूको समर्थना दाबी पेश गरेका उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुने उनी चौंथो मुख्यमन्त्री हुन् ।

आइतबार बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा बागमतीमा एमाले र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो । जसअनुसार उनको समर्थनमा ७० जना सदस्यले हस्ताक्षर गरेका छन् ।

यसअघि उनी आन्तरिक मामिला तथा कानुन र अर्थ तथा योजनामन्त्री भएका थिए । मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा उनी धादिङ–१ अन्तर्गत क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य हुन् ।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट चाहिन्छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका जम्कट्टेल को हुन् ?

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.