• Trending:

हजयात्रीको संख्या र उमेरसम्बन्धी व्यवस्था खारेज

हजयात्रीको संख्या र उमेरसम्बन्धी व्यवस्था खारेज

Economist Nepal

Tue, Push 26 2079

हजयात्रीको संख्या र उमेरसम्बन्धी व्यवस्था खारेज

काठमाडौं (एजेन्सी) । साउदी अरेबियाले यस वर्ष हज यात्रीको संख्या र उमेरसँग सम्बन्धित प्रतिबन्ध हटाएको छ।

समाचार एजेन्सी एएफपीले हज र उमराह मामिला मन्त्री तौफिक अल–रबियाले मिडियालाई गर्दै यसअघिको व्यवस्था खारेज गरेको जनाएको छ ।

उनले भनेका छन्, ‘यस वर्ष हजयात्रीको संख्या कोरोना भाइरस पहिलेको जस्तै हुनेछ । हज गर्न आउनेलाई उमेरको हद तोकिएको छैन।’

हज हरेक वर्ष हुने धार्मिक कार्यक्रम हो, जुन यस वर्षको जून महिनामा हुँदैछ ।

इस्लाम धर्ममा पाँच कर्तव्य हुन्छन् । त्यसमध्ये एक हज हो । बाँकी चार कर्तव्यहरूमा कलमा, रोजा, नमाज र जकात पर्छन् ।

धार्मिक मान्यता अनुसार शारीरिक र आर्थिक रूपमा सक्षम प्रत्येक मुस्लिमले जीवनमा कम्तीमा एक पटक यो कर्तव्य पूरा गर्नुपर्छ ।

गल्फ न्यूजको रिपोर्ट अनुसार सन् २०१९ मा करिब २५ लाख मानिसले हजयात्रा गरेका थिए । तर, त्यसपछिका दुई वर्षमा कोरोना महामारीका कारण यात्रुको संख्यामा उल्लेख्य कमी आएको थियो । सन् २०२२ मा करिब ९ लाख तीर्थयात्री हज पुगेका थिए जसमध्ये ७ लाख ८० हजार विदेशी थिए ।

यसअघि ६५ वर्षसम्मका व्यक्तिले मात्र हज यात्रा गर्न पाउने व्यवस्था थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.