• Trending:

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार बढी पक्राउ

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार बढी पक्राउ

Economist Nepal

Tue, Push 26 2079

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार बढी पक्राउ

एजेन्सी । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए । उनीहरुले संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए ।

उनीहरुले संसद भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए । प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब तीन सय जनालाई पक्राउ गरेको थियो ।

त्यस लगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो ।

राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि उनको विरोधमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले सो विरोध गरेका हुन् । उनीहरुले राष्ट्रपतीय निर्वाचनको विरोध गरेका थिए ।

उनीहरुले राजधानी सहरमा रहेको सर्वोच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए । त्यसपछि प्रधानन्यायाधीशले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश पनि दिएका थिए ।

यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानुन अनुसार कारबाही हुने जानकारी दिएका छन्।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.