• Trending:

प्रचण्ड, उपेन्द्र यादव र प्रभु साहविरुद्ध तीन महिनाभित्र मुद्धा चलाउन मानवअधिकार आयोगको निर्देशन

प्रचण्ड, उपेन्द्र यादव र प्रभु साहविरुद्ध तीन महिनाभित्र मुद्धा चलाउन मानवअधिकार आयोगको निर्देशन

Economist Nepal

Tue, Push 26 2079

प्रचण्ड, उपेन्द्र यादव र प्रभु साहविरुद्ध तीन महिनाभित्र मुद्धा चलाउन मानवअधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले २०६३ मा घटेको गौर हत्याकाण्डमा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र प्रभु साहलाई दोषी ठहर गरेको छ ।

आयोगले प्रधानमन्त्री दाहाल सहित १ सय ३३ जना विरुद्ध तीन महिनाभित्र मुद्धा चलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेको छ ।

गौर हयाकाण्ड अहिलेसम्मकै अमानविय र क्रुर घटनाको रुपमा चित्रण गर्दै आयोगले यस्तो सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदनमा तत्कालिन नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साह र पूर्व जनसरकार प्रमुख विन्देश्वर यादव तथा तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसमेतलाई दोषी ठहर गरेको छ ।

घटना हुनमा तत्कालिन नेतृत्व बढी जिम्मेवार भएको भन्दै आयोगले सबैलाई कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो।

यो सँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएका जाहेरीमा नाम उल्लेख भएका र नेपाल सरकारद्वारा गठित गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ ले दोषी ठहर गरेको थप एक सय ३० जनाको नाम समेत उल्लेख गरेर कारबाही सिफारिस गरेको छ ।

बाँकी विस्तृत समाचारका लागि केही बेरमा नेपालवाच डट कम हेर्दै गर्नुहोला ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.