• Trending:

अनि मैले दौरा-सुरुवाल लगाउने निर्णय गरे…

अनि मैले दौरा-सुरुवाल लगाउने निर्णय गरे…

Economist Nepal

Tue, Push 26 2079

अनि मैले दौरा-सुरुवाल लगाउने निर्णय गरे…

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले लगाएकाे दौरा-सुरुवालको विरोधी नभएको प्रष्टिकरण दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सासंदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले दौरा-सुरुवालको कहिले विरोधी नभएको स्पष्ट पारेका हुन ।

‘मैले दौरा-सुरुवाल लगाएको विषयमा संसदभित्र पनि माननीय सदस्यहरुले प्रश्न उठाउनु भयो, बाहिर पनि खुब चर्चा भयो ।’ ‘विदेशी कूटनीतिक नियोगका साथीहरुले पनि तपाइले दौरा-सुरुवाल किन नलगाउनु भएको भनेर प्रश्न गर्नुभएको थियो ।’ संसदमा उनले भने,’म माननीय ज्युहरुलाई प्रष्ट पार्न चाहन्छु, म दौरा-सुरुवाल विरोधी कहिले थिएइन् र छैन् पनि दौरा सुरुवालको विषयमा धेरै विरोध र छलफल भए पनि पछिल्लो समय दौरा सुरुवाल सबैको साझा पोसाक बन्दै गएको मैले महसुस गरेको छु, यी सबै विषयलाई मूल्यांकन गर्दा मैले दाैरा – सुरुवाल लगाउने निर्णय गरे ।’

अहिलेसम्म राष्ट्रिय पोषाकमा नदेखिएका ‘प्रचण्ड’ पुस ११ गते प्रधानमन्त्रीको सपथ कार्यक्रममा दौरा-सुरुवालमा देखिएपछि उनको सबैले मजाक उडाएका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.