• Trending:

विश्व अर्थतन्त्रमा संकटको घण्टी, गरिब देश थप प्रभावित हुने विश्व बैंकको प्रक्षेपण

विश्व अर्थतन्त्रमा संकटको घण्टी, गरिब देश थप प्रभावित हुने विश्व बैंकको प्रक्षेपण

Economist Nepal

Wed, Push 27 2079

विश्व अर्थतन्त्रमा संकटको घण्टी, गरिब देश थप प्रभावित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडाैं । विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार सन् २०२३ को पहिलो सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । यो तीन दशकमा आर्थिक वृद्धिको तेस्रो न्यून अनुमान हो । यसअघि सन् २००८ को मन्दी र २०२० मा कोरोनाको प्रकोपका कारण आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको थियो।

विश्व बैंकका अनुसार मन्दीको असर विशेषगरी गरिब देशहरू बढी प्रभावित हुने छन् । यी देशहरूमा सन् २०२३ र २०२४ मा प्रतिव्यक्ति आय १.२ प्रतिशत मात्रै बढ्ने विश्व बैंकले प्रक्षेपण गरिएको छ ।

विश्व बैंकको प्रक्षेपणअनुसार नेपाल अहिलेसम्मको अवस्थाअनुसार अर्थतन्त्र स्थिर रहने देखिएको छ । नेपालले चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.