• Trending:

स्वदेश फर्किए फिक्सिङको आशंका गरिएका खेलाडी

स्वदेश फर्किए फिक्सिङको आशंका गरिएका खेलाडी

Economist Nepal

Thu, Push 28 2079

स्वदेश फर्किए फिक्सिङको आशंका गरिएका खेलाडी

काठमाडौं । टी–२० क्रिकेट सुपर लिगमा ‘स्पट फिक्सिङ’को आशंका गरिएका अधिकांश विदेशी खेलाडी स्वदेश फर्किएका छन् । फिक्सिङ अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान ढिलाइ गर्दा उनीहरू स्वदेश फर्किएका हुन् ।

प्रहरीले फिक्सिङ गरेको आशंकामा वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको थियो । जसमध्ये विराटनगर सुपर लिडका क्याप्टेन आन्द्रे म्याकार्थी एक थिए । लिगको समापनसँगै उनीहरू आ–आफ्नो देश पुगिसकेका छन् । केही खेलाडी खेल भइरहँदा बीचमै छाडेर आफ्नो देश फर्केका थिए ।

१२ पुसबाट सुरु भएको लिग बुधबार सकिएको छ । सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले केही विदेशी खेलाडी घर फर्केको सूचना प्राप्त भएको बताए । ‘लिग सकिएको छ । विदेशी खेलाडी स्वदेश फर्कनु ठूलो विषय रहेन । यसले प्रहरीको अनुसन्धानलाई फरक पर्दैन । हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ । निश्चय पनि महत्वपूर्ण कोणमा प्रहरी पुगेको छ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.