काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सार्वजनिक बसबाट चितवन जाँदैछन् । मन्त्री भएपछि सुशासन आफैबाट सुरू गर्ने प्रतिवद्धता जनाएका मन्त्री लामिछानेलाई सार्वजनिक बसमा देखेपछि यात्रुहरू निकै खुशी भएका छन् ।
बसमा उनी उभिएर यात्रा गरिरहेका छन् । यात्रुहरूले मन्त्रीको फोटो आफ्नो मोबाइलमा कैद गर्न व्यस्त देखिन्छ । हसिलो मुद्राम देखिएका मन्त्री लामिछानेले सिटमा बसेका महिलासँग भलाकुसारी गरिरहेका देखिन्छन् । एक मिनेट १६ सेकेन्डको उक्त भिडियो नेता दिपक बोहोराले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् । उक्त भिडियोमा यात्रुसँग मन्त्रीले सुविधा हामीले लिने होइन तपाईंहरूलाई दिने हो भनिरहेका छन् ।
‘सुविधा हामीले लिने होइन तपाईंहरूलाई दिने हो’, यात्रुसँग मन्त्री लामिछानेले भने । जवाफमा यात्रुले सबै नेताले यस्तै भनेका भए आज हामीले यस्तो दुःख पाउँछन् भनिरहेका छन् ।
‘अब देश बनाउनु पर्छ । म त पहिले देखि नै तपाईंको ठूलो फ्यान हौं’, मन्त्रीप्रति आभार प्रकट गर्दै यात्रुले भनेका छन् । यात्रुको सुझावमा सहमत जनाउँदै हामी काम गर्छौं भनिरहेका छन् ।