
काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन् ।
प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन् । उनले ६२ मत प्राप्त गरेको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका थिए भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सिर्जना सैजुले तीन मत प्राप्त गरेकी थिइन् । बैठकमा कूल एक सय १० सदस्यमध्ये एक सय नौ सदस्य उपस्थित रहेका थिए ।
Comments
Related News