• Trending:

राष्ट्रपतिको पाउ छुने प्रयास गर्दा इन्जिनियर निलम्बित

राष्ट्रपतिको पाउ छुने प्रयास गर्दा इन्जिनियर निलम्बित

Economist Nepal

Sat, Push 30 2079

राष्ट्रपतिको पाउ छुने प्रयास गर्दा इन्जिनियर निलम्बित

काठमाडौं । राष्ट्रपतिको सुरक्षा प्रोटोकल तोडेको आरोपमा भारतको राजस्थानका एक इन्जिनियरलाई शुक्रबार निलम्बन गरिएको छ ।

जुनियर इन्जिनियर अम्बा सियोलले जनवरी ४ मा एक कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मुको खुट्टा छुन खोजेकी थिइन् ।

गृह मन्त्रालयको हस्तक्षेपपछि जनस्वास्थ्य इन्जिनियरिङ विभागले इन्जिनियरलाई निलम्बन गरेको हो ।

आदेशमा कनिष्ठ इन्जिनियर अम्बा सियोलले जनवरी ४ मा रोहतमा स्काउट गाइड जाम्बोरीको उद्घाटनमा राष्ट्रपतिको खुट्टा छुन प्रयास गरेको र यो कार्य राजस्थान सिविल सेवा नियमविपरीत रहेकाले सेवाबाट निलम्बन गरिएको उल्लेख छ ।

उक्त कार्यक्रममा अम्बा राष्ट्रपतिको सुरक्षा घेरा तोड्दै स्वागत गर्न उभिएका अधिकृतसम्म पुगेकी थिइन् । त्यसपछि उनी अचानक अगाडि बडिन् र राष्ट्रपतिको खुट्टा छुने प्रयास गरिन् । तर छेवैमा रहेका सुरक्षाकर्मीका कारण उनको त्यो प्रयास भने सफल हुन सकेन ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.