• Trending:

राष्ट्रपति र सभामुखबारे कसैसँग सहमति भएको छैन : प्रचण्ड

राष्ट्रपति र सभामुखबारे कसैसँग सहमति भएको छैन : प्रचण्ड

Economist Nepal

Sat, Push 30 2079

राष्ट्रपति र सभामुखबारे कसैसँग सहमति भएको छैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र सभामुख पदबारे अहिलेसम्म कुनै पनि दलसँग सहमति नभएको स्पष्ट पारेका छन् ।

‘सभामुख, राष्ट्रपतिबारे कसैसँग पनि सहमति गरिएको छैन,’ प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार मूलधारका सम्पादकसँगको भेटघाटमा उनले भने ।

यसअघि माओवादी केन्द्रले एमाले र कांग्रेससँग राष्ट्रपति तथा सभामुख पदबारे सहमति गरेको फरक फरक दाबी बाहिर आएको थियो ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले विश्वासको मत दिइसकेकाले उसलाई पनि विश्वासमा लिनु आफ्नो जिम्मेवारी भएको बताए । कांग्रेसले कल्पना नै नगरेको काम गरेर आफूलाई समर्थन गरेकाले सभामुखबारे सोध्नुपर्ने अवस्था बनेको उनको भनाइ छ । यसका निम्ति माघ ३ गते सर्वदलीय बैठक आह्वान गरिएको उनले जानकारी दिए ।

सभामुखको निर्वाचन आगामी माघ ५ गते हुँदैछ ।

‘विश्वासको मत लिँदा कांग्रेसले अनुमान गरिएविपरीत उपस्थिति देखाएकाले उसको बारेमा पनि सोच्नुपर्ने अवस्था छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई भोलि विस्तार गर्ने तयारी गरिएको पनि जानकारी दिए । पुस ११ मा प्रचण्डले दुई उपप्रधानमन्त्रीसहित चार मन्त्री लिएर शपथ लिए पनि सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डालगायत शक्ति बाँडफाँटमा सहमति नबन्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

प्रचण्डले आफ्नो पहिलो विदेश छिट्टै भारतबाट हुने जानकारी पनि दिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.